वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु

चितवन- चितवनको भरतपुर महानगरपालिका- २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।
तमाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको अस्पतालका कोभिड १९ क्लिनिकल को-अर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभएको हो  ।
  ७० वर्षिय तामाङलाई असोज १४ गते कोरोना पुष्टि भएसँगै उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो । तामाङलाई असोज २३ गते भर्ना गरिएको हो ।
 उनलाई मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
 तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.