बिष्फोटक पदार्थसहित २ वटा मोटरसाइकल नियन्त्रणमा

गुल्मी-जिल्ला प्रहरी कार्यालय गुल्मीले २ वटा मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ रेसुङ्गा संरक्षित बनको गौशालामा २ वटा मोटरसाइकल र बिष्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिनुभयो ।

शनिवार राति बिष्फोटक पदार्थ लिई गएका मानिसहरुले उक्त क्षेत्रमा अबैध रुपमा बन्यजन्तु पशुपंक्षी चोरी सिकारी गर्दै छन भन्ने जानकारी पाएपछि प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिको कमाण्ड खटिएको टोलीले लु ३६ प ४८५६ र लु १६ प १९१७ नं.को मोटरसाइकल र बिष्फोटक पदार्थ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकलमा चेकजाँच गर्दा मोटरसाइकलमा झुण्डाई राखेको अबस्थामा कालो र खरानी रङको २ वटा झोला भित्र बिष्फोट पदार्थ, बिभिन्न ईलेक्ट्रोनिक्स सामान र पंक्षीको भुत्ला समेत फेला परेको नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिनुभयो ।

प्रहरीले रेसुङ्गा संरक्षित बनको गौशाला क्षेत्रबाट निलो रंगको २२० सीसीको पल्सर मोटरसाइकल, कालो रातो होण्डा साईन मोटरसाईकल बरामद गरेको थियो ।

त्यस्तै खरानी रंगको पछाडि भिर्ने झोला, कम्मर ब्याग कालो झोला १ थान, एनसिएल लेखेको झोला १ थान, बारुद लगायत फेला परेको डिएसपी पन्तले जानकारी दिनुभयो ।

प्रहरीले बरामद गरेका सामाग्रीहरुलाई आइतबार सार्बजनिक गरेको हो । बनमा बरामत गरिएका सामाग्री र मोटरसाइकल कस्को भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.