कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत– कर्णाली प्रदेश सरकारलाई सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाउनु भएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३, कांग्रेसका ६ जना र राप्रपा नेपालका १ जना सांसद रहनु भएको छ । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मी लगायत हुनुहुन्छ ।

प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आउनु भएकाका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउदै आउनु भएको थियो । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटक—पटक विवाद हुँदै आएको छ । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णालीमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो । यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनु भयो ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद हुनुहुन्छ । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.