दुई दाजुभाइ “सफल र कुशल”ले बनाए विना इन्धन चल्ने सोलार कार

चितवन- चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका दुई युवाले बनाएको सोलार कार यतिवेला चर्चामा छ ।

मोटर इन्जिन राखेर गल्फ कार बनाएको सफलतासगैँ फेरि लकडाउनको समयलाई सदुपयोग गर्दै सफल र कुशल पौडेल दाजुभाइले सोलारबाट चल्ने कार बनाएका छन।

१ महिनाको अबधीमा उनीहरुले ४ पाङ्ग्रे कार बनाए । पौडेल दाजुभाइले बनाएको कार ५० किलोमिटर प्रति घण्टा गुड्न सक्छ ।

सोलार प्यानल जोडेर बनाएको कारको उनीहरुले सफल परिक्षण समेत गरेका छन् ।

विना इन्जिनको नेप्रो प्रोजेक्टमा उनीहरुले ३ लाख लगानी गरेका छन् ।

“इन्धन खरिदमा बर्षेनी देशबाट मोटो रकम बिदेशिँदै आएको छ । यसलाई रोक्न र देशमा नै सौर्य उर्जाको उपयोग गरी सवारी चलाउन सकिन्छ भनेर यो कार तयार गरेका हौं ।

विना इन्धन उज्यालो नेपाल हाम्रो लक्ष्य हो ।” भाइ कुशल पौडेलले भने ।

विना पेट्रोल, बिना विजुली चल्ने कारको बिषेशता रहेको पौडेलको भनाइ छ । कारमा ४ वटा सोलार प्यानल जडान गरिएका छन । प्रत्येक प्यानल १ सय ५० वाट क्षमताका छन् ।

डी.सी. मोटरको प्रयोग गरेर ४८ भोल्ट अर्थात् १ हजार वाट मोटर प्रयोग गरी कार तयार भएको छ । कार दिउँसोमा घाम लागेको बेला सोलारबाट चल्छ, रोकेको बेला सौर्य उर्जा सञ्चित भई रातको समयमा पनि चल्छ ।

सरकारले सहयोग गरेमात्र युवाको ‘फ्रेस ब्रेन’ लाइ ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने सफल पौडेलले बताए ।

उनीहरुले केही समय अगाडि १ पल्सर मोटरसाइकलको इन्जिन प्रयोग गरी गल्फ कार निर्माण गरेका थिए ।

जसमा बत्ती, हर्नको लागि सोलार जडान गरिएको थियो । मारुती भ्यान र अटोरिक्साको चक्का राखेर निर्माण गरिएको गल्फ कारबाट उनीहरु चर्चित भएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.