सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धालाई सास्ती

धनकुटा- सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकलाई सास्ती भएको छ।

यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिँदै आएकोमा सरकारले बैकिङ प्रणालीबाट दिन सुरु गरेपछि उनीहरुलाई सास्ती भएको हो।

सामाजिक सुरक्षा भत्तामा अनियमितता रोक्न सरकारले बैकिङ प्रणाली सुरु गरेको थियो। सामाजिक सुरक्षा भत्ता वडाबाट दिँदा ज्येष्ठ नागरिकलाई सहज भएपनि कतिपय ठाउँमा अनियमितता भएपछि सरकारले बैकिङ प्रणालीबाट दिन सुरु गरेको हो।

तर, धनकुटाका जेष्ठ नागरिकले बैकिङ प्रणालीबाछ भत्ता लिन आफूहरुलाई सास्ती भएको गुनासो गरेका छन। धनकुटा नगरपालिका २ भीरगाउँकी चन्द्रमाया राईले भत्ता लिन ३ घण्टाको पैदल यात्रा गर्नुपरेको गुनासो गर्नुभयो ।

शारिरिक रुपमा अशक्त भएका जेष्ठ नागरिकले बैंकबाट भत्ता लिन अझ कठिन भएको उनीहरुको गुनासो गर्छन।

स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता घरघर वा टोलमा वितरण गर्नुपर्ने जेष्ठ नागरिकहरुको भनाइ छ।

बैकिङ प्रणाली झन्झटिलो र यसपटक त कोरोना भाइरसको संक्रमणको जोखिम पनि रहेको जेष्ठ नागरिक टीकाप्रसाद लामिछाने बताउनुहुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.