कोरोना संक्रमण देखिएपछि संखुवासभा जिल्ला अस्पताल शिल

संखुवासभा– जिल्ला अस्पताल संखुवासभामा कार्यरत ३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालले आकस्मिक र प्रसुती सेवा बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

आइतबार स्वास्थ्यकर्मी कर्मचारीको नतिजा पोजेटिभ देखिएपछि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको बैठक बसेर अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा शुन्दर श्याम झाले जानकारी दिनुभएको छ ।

उनीहरुको नतिजा नआएसम्म अस्पतालका सेवा बन्द गरिने डा झाको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.