ग्राहकको पर्खाइमा पाल्पाका व्यापारी

पाल्पा- नेपालीका महान चाडपर्व नजिकिए पनि व्यापार नहुँदा पाल्पाका व्यावसायीहरु मर्कामा परेका छन । कोरोना संक्रमणको जोखिमले ६ महिना बन्द गरी पुनः व्यवसाय संचालन सुरु गरेका उनीहरु ग्राहकको पर्खाइमा छन ।

संक्रमणको त्रासले पाल्पामा अझै व्यापारिक कारोबारले लय समात्न सकेको छैन। ग्राहकहरूको चहलपहल नबढ्दा कारोबार हुन नसकेको व्यापारी राजु लोहनीको भनाइ छ ।

जिल्लामा संक्रमणको जोखिम कायम रहनु तथा लामो  लकडाउनको कारण उपभोक्ताहरुको  आम्दानी र क्रय शक्ति घट्दा चाडवाडमा पनि किनमेलचो चटारो नभएको व्यापारीहरू बताउँछन्।

पाल्पामा कोरोना संक्रमणको कारण गाउँबाट सदरमुकामसम्म चल्ने सडक यातायातले अझै निरन्तरता पाउन सकिरहेको छैन। यसको प्रत्यक्ष प्रभाव सदरमुकाममा हुने कारोबारमा परेको व्यापारी सुरेन्द्र मलेगो र उद्योग बाणिज्य संघ पाल्पाका राजु महर्जनको भनाइ छ ।

पर्वको बेला हुने कारोबारबाट लकडाउनको घाटा पूर्ति गर्ने सोच बनाएका व्यापारी र व्यवसायीहरू कारोबारमा  शिथिलता आएपछि  झन निराश बनेका छन्।

व्यापार नहुँदा भाडा तिर्न समेत ग्राहो पर्ने अवस्था सृजना भइरहेको सदरमुकामका व्यापारीहरू बताउँछन्।

खाद्यान्न, तरकारी तथा साना होटल बाहेकका कारोबार चल्न नसक्दा व्यापारीहरू अप्ठेरोमा परिरहेको पाल्पा व्यापार संघको भनाइ छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.