कसरी टर्‍यो कर्णाली संकट ?

सुर्खेत– नेकपा संसदीलय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव तत्कालका लागि रोकिएको छ । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता माधवकुमार नेपाल पक्षका ८ जना सांसदले हस्ताक्षर फिर्ता लिन सहमत भएपछि कर्णालीमा उत्पन्न राजनीतिक गतिरोध तत्कालका लागि रोकिएको हो ।

नेपाल पक्षले मुख्यमन्त्री शाहीसँग सहमति गरेपछि असन्तुष्ट पक्षले मंगलबार दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक समेत बसेनन् । १८ जना सांसदमध्ये सात जना बैठकमा अनुपस्थिति भएपछि अविश्वासको प्रस्ताव नै अल्पमत परेको हो ।

मुख्यमन्त्रीले सहमति गरेपछि सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । छलफल र सहमतिका माध्यमबाट तत्काललाई कर्णालीमा देखिएको राजनीतिक विवाद साम्य भएको नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदेशको मन्त्रीमण्डल नै पुनर्गठन गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री शाही विरुद्ध गत आइतबार यामलाल कँडेलसहितका १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कर्णाली प्रदेशका प्रतिनिधित्व गर्ने ४० जना सांसदमध्ये ३३ जना नेकपाका सांसद छन् । यता, संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.