झापाका अस्पतालहरुमा पीसीआर परिक्षण बन्द हुने अबस्थामा

झापा- झापाको मेची अस्पताल र कनकाई कोटिहोममा हुँदै आएको पीसीआर परिक्षण सेवा रोकिने अवस्थामा पुगेको छ ।

प्रयोगशालामा आवश्यक पर्ने पीसीआर रिएजेन्ट र आरएनए किट सकिएपछि पीसीआर परिक्षण नै रोकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

मेची अस्पतालमा भएको पीसीआर मेशिन स्विजरल्याण्ड सरकारबाट प्राप्त भएकाले अन्य मेशिनभन्दा फरक सोही कम्पनीको रिएजेन्ट र किट आवश्यक पर्ने प्राविधिकको भनाइ छ ।

दुई स्थानमा गरी दैनिक ४०० को हाराहारीमा पीसीआर परिक्षण हुँदैआएकोमा अस्पतालको आइसोलेशनमा रहेका र इमरजेन्सी विरामीको मात्र मुस्किलले १५–२० वटा मात्र पीसीआर परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पिताम्बर ठाकुरले बताउनुभएको छ ।

अस्पतालबाट पीसीआर परिक्षण रिर्पोट आउन ढिलाइ हुँदा स्थानीय तहहरुले पठाएका स्वाबको परिक्षण रिर्पोट एक हप्ता बढि पर्खनुपर्ने बाध्यता सिर्जना भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.