विदेशी च्यानल यही कार्तिक ७ गतेसम्ममा क्लिन फिड (विज्ञापनमुक्त) गर्न सरकारी ताकेता

काठमाडौं- सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना जारी गरी ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ भनेको छ ।

सूचनामा भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गर्दै संचार मन्त्रालयले त्यसो नभएमा कानूनअ बमोजिम हुने जनाएको छ। आउदो कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन रहित हुनुपर्ने छ अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.