मन्त्रिपरिषद् पुनर्गठन : पोखरेललाई प्रधानमन्त्री कार्यालय, विष्णु पौडेल अर्थमन्त्री

पार्वत गुरुङ सञ्चार, कृष्ण गोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । तीन मन्त्री नयाँ नियुक्त गरिएको छ भने दुई मन्त्रीको जिम्मेवारी परिवर्तन गरिएको छ ।

पुनर्गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी परिवर्तन गरिएको छ । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राख्नुभएको छ ।

विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ ।

राष्ट्रिय सभाको दुई वर्षे पदावधिका कारण डा. युवराज खतिवडाको राजीनामापछि अर्थ मन्त्रालय रिक्त थियो । तत्कालिन मन्त्री गोकुलप्रसाद बास्कोटा र सहरी विकास मन्त्री मो. इस्तियाक राईको राजीनामापछि मन्त्रालयमा कार्यवाहक जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.