ईश्वर पोखरेलसँगको सल्लाहमा नै मन्त्रालय परिवर्तन

तीन वर्षअगाडिकै प्रस्ताव होः प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई थप जिम्मेवारी प्रदान गर्न मन्त्रालय परिवर्तन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।

पोखरेललाई प्रधानमन्त्रीका कतिपय जिम्मेवारी दिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको हो । ‘सल्लाहमै भएको हो, खोसिएको होइन,’ थापाले नेपाल टेलिभिजनसँग बुधबार साँझ भन्नुभयो, ‘यो आजको होइन, तीन वर्षअगाडिको प्रस्ताव थियो ।’ प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेसँगै प्रधानमन्त्री कार्यालयका महत्वपूर्ण काम हेर्नेगरी एकजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको थियो ।

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभाग, विश्वविद्यालयजस्ता महत्वपूर्ण अङ्गहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहत छन् । ‘उहाँले प्रधानमन्त्री र मन्त्रीहरुबीच पुलको काम गर्नुहुन्छ,’ पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

धेरै निकायहरुको जिम्मेवारी भएका कारण प्रधानमन्त्रीलाई समय व्यवस्थापन गर्न गाह्रो भएको थियो ।

आफू मातहतका निकायहरुलाई चुस्त परिचालनका लागि थप र प्रभावकारी जिम्मेवारी दिन पोखरेललाई नयाँ जिम्मेवारी दिइएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.