सामुदायिक वन अतिक्रमण गरी प्लटिङ्ग र घर निर्माण

काभ्रे- पाँचखाल नगरपालिका वडा नम्वर ४ स्थित जिरो किलो क्षेत्रमा रहेको सामुदायिक वन अतिक्रमण गरी घर टहरा निर्माण गर्न थालिएको छ । केही ब्यक्तिले सामुदायिक बन अतिक्रमण गरी जग्गा प्लटिङ्ग शुरु गरेका छन् ।

डिभिजन वन कार्यालय,सव–डिभिजन वन कार्यालय र समुहको बेवास्ताका कारण अतिक्रमण बढिरहेको उपभोक्ताहरुले बताएका छन् ।

सामुदायिक वन क्षेत्रमा २४ वटा घर टहरा निर्माण भएका छन् भने सयौं रोपनी जमिन अतिक्रमणमा परेको छ ।

जिरो किलो क्षेत्रमा रहेका बोक्से सामुदायिक वन उपभोक्ता समुह र खानीखोला सामुदायिक वन उपभोक्ता समुहमा रहेको जमिन अतिक्रमण गरी घर टहरा निर्माणका साथै ब्यक्तिले जग्गा प्लटिङ्ग शुरु गरेका हुन् ।

वन भित्र घर निर्माण गर्ने र विक्री गर्ने क्रम पटक पटक भएपनि डिभिजन वन कार्यालयले चासो नदिएको बोक्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद न्यौपाने गुनासो गर्नुहुन्छ । पटक पटक वन अतिक्रमण गर्नेहरुलाई हटाउन र र अतिक्रमण रोक्न अभियान शुरु गरेपनि सम्भव नभएको उहाँको भनाइ थियो ।

उता सव डिभिजन कार्यालय पाँचखालका सहायक वन अधिकृत चिरञ्जिवी थापाले उक्त क्षेत्रमा वन अतिक्रमण भएको सूचना प्राप्त भएकाले वन कार्यालयले आवश्यक प्रकृया शुरु गरेको बताउनुहुन्छ । ब्यक्तिको प्रमाण नपुग्ने जग्गा दावी गर्दैमा सरकारी वन दर्ता हुन नसक्ने उहाँको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.