“टिस्यु कल्चर” प्रविधिबाट उत्पादित बिउको माग उच्च

झापा- झापाको गौरादहमा टिस्यू कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन गर्न शुरु गरिएको छ ।

गुणस्तरीय बिउविजनको अभावमा कृषि क्षेत्रमा बर्षेनी उत्पादकत्व घटिरहेको अवस्थामा आलुको गुणस्तरीय बिउ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गर्न थालिएको हो।

टिस्युकल्चर प्रविधिबाट उत्पादित आलुका बिउ संक्रमण मुक्त र गुणस्तरीय हुने भएकाले बजारमा उच्च माग रहेको किसानहरुको भनाइ छ ।

राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्रले सिफारिस गरेका बढि प्रचलित जातहरु कुफ्रि सिन्दुरी, खुमल रातो, डेजिरे, कार्डिनल र जनकदेव जातका आलुको मुल बिउका साथै उन्नत जातका केरा र भुइँकटहरको विरुवा समेत प्रयोगशालामा टिस्युकल्चर प्रविधिबाट उत्पादन गर्न थालिएको छ ।

झापा गौरादह निवासी दुर्लभ कार्कीले विदेशमा जैविक प्रविधि विषयमा उच्च शिक्षा अध्ययन गरेर स्वदेशमै पाइकस वायोटेक कम्पनी स्थापना गरी उन्नत विउ उत्पादन गर्ने टिस्युकल्चर प्रयोगशाला संचालन गरेका हुन ।

२ करोड लागतमा निर्माण भएको प्रयोगशालाका लागि नेपाल सरकारले ५० प्रतिशत अनुदान प्रदान गरेको छ ।

यस प्रविधि बाट उत्पादन भएका आलुको मुल बिउ प्रति गोटा १२ देखि १८ रुपैंयासम्ममा बिक्रि हुने गरेको छ ।

यहाँ उत्पादन भएका आलुको मुल बिउ झापा, मोरङ्ग, धनकुटा, काभ्रे, रुपन्देही, कैलालीसम्मका किसानहरुले खरिद गरेर उन्नत आलुको बिउ उत्पादन गरिरहेको संचालक कार्की बताउँछन्।

प्रयोगशालामा टिस्युकल्चर प्रविधिबाट प्रसारण गरिएका आलुका बिउलाई स्क्रिन हाउसमा रोपेर बार्षिक दुई बाली आलुको पुर्व मुल बिउ उत्पादन गरिन्छ ।

बार्षिक दुई लाख दाना आलुको पुर्व मुल बिउ उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले झापा लगायत पूर्वी क्षेत्रमा बढि लोकप्रिय कुफ्रि सिन्दुरी जातका आलुको पुर्व मुल बिउ उत्पादन गरिरहेको छ ।

कंम्पनीले टिस्युकल्चर प्रविधिबाट बाषिक ५० हजार बोट उन्नतजातका केराको  बेर्ना समेत उत्पादन गरी बिक्रि गरेको छ ।।

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.