नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धुम्बहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ । “उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, भट्टराईले भन्नुभयो, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।”

उहाँको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.