पदभारपछि के भन्नुभयो उपप्रधानमन्त्री पोखरेलले ? (भिडियोसहित)

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केन्द्रित चुनौतीपूर्ण कामलाई प्रभावकारी बनाउँदै लानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहालीपछि बोल्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले आफ्नो कामको जिम्मेवारीमा परिवर्तन र हेरफेर भएको बताउँदै प्रधानमन्त्रीको अठोट र संकल्प पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत रहेका हेलो सरकार, राष्ट्रिय अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय योजना आयोग लगायत प्रदेश र स्थानीय निकायहरुसँगको समन्वय जस्ता कार्यक्षेत्रलाई योजनाबद्ध ढङ्गबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सचिवहरु महेन्द्र गुरागाईं, यादव कोइराला लगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.