पाल्पामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

पाल्पा– पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिका ३ दोभानकी ५४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निमोनियाको समस्या रहेकी महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारकाृ क्रममा बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । असोज २३ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी महिलामा बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरि गरीएको पीसीआर परीक्षणमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यो सँगै पाल्पामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.