पाल्पामा समुदायस्तरमै थप ७५ जना कोरोना संक्रमित

काठमाडौं- पाल्पामा थप ७५ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पा अस्पतलको कोभिड प्रयोगशाला, नेशनल प्याथल्याव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षाणका क्रममा रामपुर नगरपालिकाका २ कर्मचारी र २ स्वास्थ्यकर्मीसहित ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै तानसेन नगरपालिकाका १८ जना, बगनासकाली गाउँपालिका भित्रका १९ जना, पूर्वखोलाका ९ जना, तिनाउ, रैनादेवी छहरा र माथागढी गाउँपालिका भित्रका २/२ जना तथा रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । पाल्पामा हालसम्म जिल्लमा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.