मन्त्री नेम्बाङलाई पनि कोरोना संक्रमण

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि मन्त्री नेम्बाङ होम आइसोलेसनमा बस्नुभएको उहाँका प्रेस संयोजक संयोजक सन्दीप राईले जानकारी दिनुभयो । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहनुभएकालाई पनि होसियारी अपनाउन अपिल गर्नुभएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.