कोरोनाको जोखिमकाबीच शुभकामना आदान प्रदान कसरी गर्ने ?

काठमाडौं- कोरोना भाइरसको महामारीका बीच यस वर्ष नेपालीहरुले बडा दसैं पर्व मनाउँदै छन् । विगतका वर्षहरुमा बडा दसैंको शुभकामना आदानप्रदान गर्न विभिन्न जमघट हुने गरेका थिए । कोरोनाको जोखिमका बीच शुभकामना आदान प्रदान कसरी गर्ने त ?

विगतका वर्षहरुमा दसैंसुरु हुनु एक महिनाअघि देखि नै शुभकामना आदानप्रदान गर्न सुरु हुने गरेको थियो । विभिन्न शैक्षिक संस्था, राजनीतिक दल, सामाजिक संस्था तथा सरकारी कार्यालयहरुले पनि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेका थिए । योसँगै आफन्त तथा साथीभाईहरुसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलन रहँदै आएको थियो । यस वर्ष कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा त्यस्ता कुनै पनि कार्यक्रम भएनन् । तर पनि दशैंको शुभकामना दिन धेरै उत्सुक देखिँदै आएका छन् । कोरोनाको महामारीका बीच दसैंको शुभकामना कसरी दिने त ?

हुन त प्रविधिको प्रयोग गरेर शुभकामना दिने प्रचलन बढ्दै गएको छ । तर प्रत्यक्ष भेटघाट र रमाइलो गरी आदानप्रदान गरिने शुभकामना र प्रविधिको प्रयोगबाट गरिएको शुभकामनामा फरक पर्छ । प्रत्यक्ष भेटघाटमा रमाइलो हुने र मनका कुरा आदानप्रदान गर्न पाइन्छ । एकापसको भावना बुझ्ने अवसरसमेत प्राप्त हुन्छ । यो भन्दैमा अहिलेको संकटपूर्ण अवस्थामा प्रत्यक्ष भेटघाट र भलाकुसारी गर्नु हुँदैन । यसो गरिएमा कोरोनाको संक्रमण उच्च हुन्छ । त्यही भएर भर्चुअल माध्यमको प्रयोग गरी शुभकामना दिँदा नै उचित हुने छ । भेटघाट गर्नैपर्ने भए पनि कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्छ ।

आपसमा भेटघाट गरेर शुभकामना आदानप्रदान गर्दा कोरोनाको जोखिम उच्च हुन्छ । कोरोनाबाट बच्न भौतिक दुरी कायम गर्नुपर्छ । त्यसको विकल्प भनेकै प्रविधिको प्रयोग गर्नु हो । यसो गर्दा आपसमा भावना साटासाट गर्न त सहज हुन्छ नै आफ्नो रितिरिवाज र परम्परालाई बचाउन पनि सहयोग पुग्ने छ ।

कोरोनाका कारण अहिले विगतको जस्तो अवस्था छैन । यो अवस्थामा व्यक्ति स्वयम् सचेत हुनुपर्छ । कसैले भेटघाट गरेरै शुभकामना आदानप्रदान गर्न चाहेको छ भने पनि उसलाई सम्झाउनुपर्छ । नबुझेका मान्छेलाई बुझाउँदै लगेर आफ्नो परम्परालाई निरन्तरता दिनुका साथै मनोभावना साटासाट गर्न पनि सहज हुने छ ।

हुन त यस वर्ष हर्षोल्लासका साथ चाडपर्व मनाउने अवस्था छैन । तर पनि जो जहाँ छौं त्यहिँ बसेर प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गरी चाडपर्व मनाउँदा नै उचित हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.