उपराष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गर्नुभएको छ ।

उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसक्नु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुई महिनाको तलब र यस वर्षको चाडपर्व खर्च कोषमा जम्मा गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.