नारायणी अस्पतालमा गरिएको परिक्षणमा ३५ जना संक्रमित थपिए

पर्सा- नारायणी अस्पतालको प्रयोशालामा बुधबार राति १ सय ७५ वटा स्वाबको नमुनालई परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएकोछ । नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका १७, बाराका १६ र रौतहटका २ जनासहित ३५ जना कोरोना संक्रमित थपिएका हुन ।

जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको १ सय २९ जनाको स्वायबको नमुनालाई वीरगन्जको नारायाणी अस्पतालमा परिक्षण गर्दा १२ जना पूरुष र ५ जना महिलामा संक्रमण पुष्टी भएको हो ।

भेटिएको संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाको विभिन्नि वडाका १५ जना र २ जना ग्रामिण भेगबाट रहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश प्रसाद चौरसियाले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज महानगरपालिकाको वडा नं. १० का ३ जना, वडा नं.४, ६, ११, १५ बाट दुई दुई जना र वडा नं. ५, १२, २४ बाट एक-एक जना संक्रमित भेटिएको बताउनुभयो ।

दुई जनाको ठेगाना खुल्न सकेको छैन भने पर्साको पर्सागढी नगरपालिकाबाट २ जना संक्रमित भेटिएको प्रवक्ता चौरसियाले जानकारी दिनुभयो ।

उहाँले नारायणी अस्पतालको प्रयोगशालामा गएराति बाराको विभिन्न स्थानबाट संकलन गरिएको ३५ जनाको स्वाबको नमुनालाई पीसीआर विधिबाट परिक्षण गर्दा बाराका १६ जना र रौतहटका २जनमा संक्रमण पुष्टी भएको बताउनुभयो।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नं. ७ बाट एक जना, निजगढ नगरपालिकाको विभिन्न वडाबाट १३ जना र कोल्भी नगरपालिकाबाट दुई जनामा संक्रमण पुष्टि भएको डा चौरसियाले जानकारी दिनुभयो।

उहाँले रौतहटको गरुडा नगरपालिका वडा नं. ७ बाट एक जना र फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ८ बाट एक जनामा संक्रमित भेटिएको बताउनुभयो ।

भेटिएका संक्रमित ८ वर्षदेखि ७६ वर्ष उमेर समुहका रहेको अस्पतालले जनाइएको छ भने संक्रमितको सीटी भ्यालु १७ देखि ३४ सम्म रहेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.