खाँदबारी र पाचखपन नगरपालिकाका बृद्धबृद्धाले दशैं भत्ता पाएनन्

सङ्खुवासभा- सामाजिक सुरक्षा भत्ताको आशामा रहेका खाँदबारी नगरपालिकाका बृद्धबृद्धालाई यो बर्षको दशैं खल्लो भएको छ ।

कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी र त्यसमा पनि बर्ष दिनको चाडमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने आशा बोकेका बृद्धबृद्धाहरु सामाजिक सुरक्षा भत्ता नपाएपछि निराश भएका हुन ।

कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिएपछि उनीहरुलाई दशैं कसरी मनाउने भन्ने चिन्ता परेको छ ।

खाँदबारीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिको तलब र पर्व खर्च निकासा गरेपनि सामाजिक सुरक्षा भत्ता भने वितरण गर्न सकेन । बृद्धबृद्धाहरुले ऋण खोजेर दशैँ मान्न बाध्य भएको खाँदबारी–४ का ८६ बर्षीय स्थानीय बैरव राईले गुनासो गर्नुभयो ।

कोरोना महामारी र संकट परेको बेला भत्ता नपाउँदा झन मन खिन्न भएको राईलको भनइ थियो । उहाँ जस्तै धेरै बृद्धबृद्धा रमाइलो गरी दशैँ मनाउने सोचमा थिए तर उनीहरुको इच्छा यसपटक पुरा भएन ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताले गुजारा चलाउन टेवा पुगेको थियो । चौमासिक रुपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारकाले वितरण गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या भएको छ ।

दशैँ घरआगनमा आइसक्दा पनि भत्ता नआएको खाँदबारी नगरपालिका –१ का ८८ बर्षीय धनश्याम श्रेष्ठले बताउनु भयो ।

भत्ता नपाउदा दशैं दशैं जस्तो नलागेको श्रेष्ठले दुखेसो पोख्नुभयो ।

खाँदबारी नगरपालिकामा जेष्ठ नागरिक, एकल महिला, बिधवा महिला र दुई दलित जेष्ठ सहित २६ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

त्यस्तै पाँचखपन नगरपालिकामा १४ सय भन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

सरकारले जेष्ठ नागरिकलाई ३ हजार,जेष्ठ नागरिक एकल महिलालाई २ हजार, विधवा महिलालाई दुई हजार, दलित जेष्ठ नागरिकलाई २ हजार, अपाङ्गलाई ३ हजार र १ हजार ६ सय तगा बाल संरक्षणका लागि ४ सय का दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.