एउटै गाउँका महिलाले बिक्री गरे १ करोड ४० लाखका खसीबोका

पाल्पा– पाल्पाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाहरूले दसैंको समयमा मात्र एक करोड ४० लाख बढीको खसीबोका बिक्री गरेका छन् । उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोको व्यापार गरेको उनीहरुको भनाई छ ।

यस वर्ष दसैंमा कोरोनाको कहर भएका कारण पनि विगतको वर्षमा भन्दा धेरै खसीबोका बिक्री भएको उनीहरुले बताएका छन । विगतमा वर्षभरीमा हुने व्यापार भन्दा यसवर्ष दसैंमा हुने व्यापार धेरै भएको सहकारीकी व्यवस्थापक कृष्णमाया पाँडेमगरले बताउनुभयो ।

फोक्सिङ्कोटको झोकेदी, सुरुङ्डाँडा, रानीबास र भाङ्ज्याङ्चोक गाउँका ५ सय ३० जना महिला सदस्यहरू सहकारीमा आबद्ध रहेका छन । विगतमा उत्पादन भएको खसीबोका बिक्री गर्न समस्या हुने तथा उचित मूल्य समेत नपाउने समस्या हाल भने सहकारीले आफैं खसीबोका खरिद गरेर व्यापार गर्ने व्यवस्था भएसंगै अन्त्य भएको स्थानीय महिलाहरुको भनाई छ ।

सहकारीले किसानबाट जिउँदो खसीबोका ४५० रुपियाँमा खरिद गर्ने र ४५५ रुपैयाँमा बिक्री गर्ने गरेको छ । खरिद गरेका खसीबोका स्याङ्जा, पोखरा, तानसेन, बुटवलसम्म बिक्री हुने सहकारीले जनाएको छ । किसान र सहकारीको काम देखेर रम्भा गाउँपालिकाले वार्षिक १०० किलोभन्दा बढी खसीबोका बिक्री गर्ने किसानलाई प्रतिकिलो खसीबोकाको २५ रुपियाँका दरले अनुदान दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.