अपराध रोक्ने कानून धमाधम बनिरहेका छन् : मन्त्री तुम्बाहाङ्फे

तेह्रथुम- कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताउनुभएको छ ।

दशैं मनाउन जन्मघर आउनुभएका मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तेह्रथुमले शुक्रबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छ ।

उहाँले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.