पाल्पामा थप एकजना संक्रमितको मृत्यु

पाल्पा– पाल्पामा शनिबार बिहान थप एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

तानसेनस्थित मिसन अस्पताल, भुषालडाँडामा उपचारका क्रममा तानसेन नगरपालिका–१, गैरागाउँका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो। उनको ९ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो ।

पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि तानसेन नगरपालिका भित्रका ६ तथा पूर्वखोला गाउपालिकाका १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.