पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको भट्टराईले जानकारी दिए । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ उनले भनेका छन् । उहाँहरु अहिले घरमै आइसोलेसनमा बस्नुभएको छ ।

भट्टराईले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.