देशभर नयाँ संक्रमित २२२५ जना, उपत्यकामा मात्रै १११० जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १४ सय ४६ जना पुरुष रहेका छन भने ७ सय ७९ जना महिला रहेका छन् ।

२४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका हुन । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो पटक थप १११० जना संक्रमित भएका छन् । जसमा महिला ४ सय २९ र पुरुष ६ सय ८१ जना रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो पटक थप १११० जना संक्रमित भएका छन् । प्रदेश अनुसार २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ सय १७ जना र सबैभन्दा थोरै कर्णाली प्रदेशमा ४२ जना संक्रमित भएका छन् । त्यस्तै प्रदेश नम्बर एकमा २ सय २२ जना, प्रदेश नम्बर २ मा ८४ जना, गण्डकी प्रदेशमा १ सय ४५ जना, लुम्बिनि प्रदेशमा ३ सय ७३ जना र सुदुरपश्चिममा १ सय ४२ जना संक्रमित भएका छन् ।

यसैगरी २४ घण्टामा कोभिड-१९ को संक्रमण भएर देशभर थप १३ जनाको मृत्यु भएको छ । २४ घण्टामा थपिएका १३ जना सहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८४६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या भने १ लाख ४ हजार ३ सय ३४ जना छन् । मन्त्रालयको तथ्याङ्कमा संक्रमितमध्ये ६८.८ प्रतिशत निको भएका छन् । नेपालमा कूल संक्रमित मध्ये ०.५ प्रतिशतको भने मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.