राजमार्ग मर्मत नहुँदा सवारी दुर्घटनाको जोखिम बढ्दै

धादिङ- पृथ्वी राजमार्गको मलेखु-जोगिमारा सडक खण्ड अझै मर्मत हुन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

दशैँ अगाडि नै  राजमार्गका सबै सडकहरु मर्मत गर्नका लागि स्थानीय प्रशासन धादिङले सडक विभागलाई आग्रह गरेको भएपनि सडक अझै मर्मत हुन सकेको छैन ।

खासगरी, गत श्रावण ५ गते  परेको अविरल वर्षाका कारण गएको पहिरोले सडकका धेरै स्थानहरु नराम्ररी विगारिदिएको थियो ।
मुख्यत: राजमार्गको देब्र लेनमा निकै क्षति पुगेको छ ।

सडक विग्रिएका कारण सवारीका साधनहरु हाँक्न समेत निकै समस्या आउने गरेको सवारी चालकहरु बताउनुहुन्छ ।

राजधानीलाई तराईका जिल्लाहरुसंँग जोड्ने प्रमुख मार्गको रुपमा मानिएको पृथ्वी राजमार्गमा विग्रिएको सडक मर्मत हुन नसक्दा साना र दुई पाङ्ग्रे सवारीका साधनहरुलाई आवत जावतमा निकै समस्या हुने गरेको छ ।

यसो त  श्रावण महिनामा नै वर्षाका कारण राजमार्ग भन्दा माथिका पहाडहरु खसेर जम्मा भएका माटोको डिस्काहरु समेत सडक विभागले अझै पन्छाएको छैन ।

जस्ले गर्दा राजमार्गका कतिपय स्थानहरुमा सहजै दोहोरो सवारी आवागमनमा समस्या आउने गरेको छ ।

सडक समयमा नै मर्मत नगर्ने हो भने पर्वका समयमा बढ्दो सवारी चाप र विग्रिएको सडकका कारण सवारी दुर्घटाको सम्भावना  धेरै देखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.