आफू बाँचेर अरुलाई बनाउनु सबैभन्दा ठूलो सेवाः सञ्चार मन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा सञ्चार मन्त्री गुरुङले समृद्ध नेपाल : सुखी नेपालीको सपनालाई पूरा गर्दै समृद्ध र समुन्नत राष्ट्र निर्माणमा लाग्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले महामारीका बेलामा आफू बाँचेर अरुलाई बचाउनु नै सबैभन्दा ठूलो मानव सेवा भएको उल्लेख गर्नुभयो । ‘त्यसैले भौतिक दुरी कायम गर्दै स्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गरौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘सूचना प्रविधिको भरपुर उपयोग गर्दै जहाँ छौं, त्यहीँ बसेर चाडपर्व मनाऔं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.