चियामा आत्मनिर्भर बन्दै धनकुटा

धनकुटा- आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ ।

स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएकोे राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

नारायणी टी स्टेटबाट२२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेटबाट ४० हजार किलो चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ ।

धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.