दशैंमा थन्किए सार्वजनिक यातायात

पाल्पा– विगतका वर्षमा दशैंको समयमा खचाखच यात्रु बोक्ने सार्वजनिक सवारी साधनहरु यसवर्ष भने बसपार्क मै थन्किएका छन् ।

कोरोना महामारीका कारण दशैंको टिका लगाउन यात्रा गर्ने मानिसको संख्या न्यून रहेको हुँदा पाल्पा सदरमुकाम तानसेनदेखि सञ्चालनमा आउने अधिकांश सार्वजनिक सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन्। पहाडी जिल्ला भएका कारण पनि ग्रामिण बस्तीदेखि स१चालनमा आउने साना सवारीमा केही यात्रु देखिएपछि सदरमुकामदेखि सञ्चालनमा आउने ठूला सवारीले भने यात्रु अभावले बसपार्क मै बस्नु परेको यातायात व्यावसायीको गुनासो रहेको छ ।

लामो समयदेखि बन्द रहेको सार्वजनिक सवारीमा सरकारले चाडपर्वका समयमा पुरानै तरिकाले सञ्चालनमा ल्याउने अनुमति दिएसंगै लकडाउनको घाटा पूर्ती गर्ने सोच बनाएका सवारी धनीले यात्रु अभावले समस्या उत्पन्न भएको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.