नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कार्तिक २१ गते बस्ने

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा हुने  काँग्रेसको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने पार्टीले अनुरोध गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गर्नुहुँदै पार्टीको बैठकका बारेमा जानकारी गराउनुभएको हो।

कोरोना भाइरसको महामारीका कारण दशैँ अगाडि बस्ने भनिएको काँग्रेसको बैठक स्थगित भएको थियो । बैठक तयारीका लागि केन्द्रीय समितिका सदस्यहरुको पीसीआर परिक्षण गर्दा केही केन्द्रीय सदस्यहरुलाई संक्रमण देखिएपछि बैठक स्थगित भएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.