धनकुटामा सुख्खा पहिरोले टावरमा क्षति

धनकुटा- बर्षापछिको सुख्खा पहिरोका कारण  कोशी करिडोरको २२० के.भी. प्रसारण लाइनको लागि निमार्ण गरिएको टावरमा क्षति पुगेको छ ।

धनकुटा नगरपालिका वडा नम्बर ९ स्थित रोइला गाउँमा रहेको टावर ४८।४ रहेको स्थानमा पहिरोको कारण टावर भत्किँदा १ करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

पहिरोको कारण टावर रहेको स्थान चिरिएको र सोहि स्थानमा रहेको  सल्लाको रुख ढलेर टावरमा लाग्दा टावर बांङ्गिएर कामै नलाग्ने अवस्थामा पुगेको अस्थायी प्रहरी चौकी बेलहराका प्रहरी सहायक निरिक्षक छवीलाल भण्डारीले जानकारी दिनुभयो ।

पहिरोका कारण टावरको मुनि रहेको  बस्ती उच्च जोखिममा रहेको  स्थानीय तोयानाथ आर्चायले जानकारी दिनुभयो ।

जमिन चिरा चिरा परी टावर रहेको क्षेत्रदेखि मुनिअझै पनि माटो झरिरहेको कारण उक्त क्षेत्र उच्च जोखिमा रहेको हो ।

पहिरो गएको स्थानदेखि भण्डै १ सय मिटर तल धरान-धनकुटा सडकखण्डको गुठिटार क्षेत्रको केहि भागसमेत भासिएको छ ।

पहिरो गएको स्थानमा समयमा नै आवश्यक सर्तकता नअपनाए कुनैपनि बेला जोखिम निम्तिने भन्दै स्थानीय सरकारसँग पहिरो क्षेत्रका बासिन्दाले आवश्यक पहल गर्न आग्रह गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.