कोभिड- १९ को प्रभाव बढ्दै गएपछि कुश्माबजार बन्द गर्ने निर्णय
पर्वत– पर्वतमा कोभिड- १९ को प्रभाव बढ्दै गएपछि कुश्माबजार बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले आज राति १२ बजेदेखि ७ दिन सम्मका लागि सदरमुकाम कुश्मा बजारबाट हुदै आएका सेवा सुविधा प्रवाह बन्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विमल गौतमका अनुसार पर्वतको कुश्मा नगरपालिकाको कार्यालयसँगै मातहतका वडा कार्यालय ४, ५ ,६ र ७ बाट हुँदै आएका सेवा ७ दिन सम्म बन्द गर्ने र अत्यावश्यक बाहेकका व्यवसायहरु पनि बन्द गर्ने निर्णय भएको छ ।
कुश्मा बजार भित्र व्यवसाय सञ्चालन गरी बस्ने केही व्यक्तिहरुमा समेत कोभिड १९ पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । पर्वतमा हालसम्म १ सय ६६ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्