सिमामा सुरक्षा चासो

मोरङ- खुला सिमाका कारण हुने तस्करी र अपराध नियन्त्रण सँगसँगै सिमा स्तम्भ सुरक्षा र बिहारमा भइरहेको निर्वाचन सुरक्षालाई दृष्टिगत गरी  मोरङको सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सशस्त्र सिमा बल एसएसबीले संयुक्त गस्ती गरेका छन ।

कोरोना महामारीका कारण सिमा सिल गरिएको र बिहारमा भइरहेकेा प्रादेशिक निर्वाचनमा आपराधिक गतिविधि हुन नदिन नियमित संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी मोरङले जनाएको छ ।

अहिले दशगजा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल र एसएसबी मिलेर दैनिक आफ्नो एरियाको पूर्व- पश्चिम करिब १० किलोमिटरमा गस्ती गरिरहेका छन् ।

मोरङको करिब ६३ किलोमिटर सिमाक्षेत्रमा छुट्टाछुट्टै युनिट बनाएर गस्ती गर्ने गरिएको छ ।
सिमानामा सुरक्षा गस्ती शुरु भएसँगै खुलासिमाको फाइदा उठाउँदै हुने तस्करी नियन्त्रणमा सहयोग पुग्ने सुरक्षा निकायको विश्वास छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.