बन्द भएको ३ बर्षपछि बल्ल खुल्यो- लाप्चाने इलाका प्रशासन कार्यालय

रामेछाप- अधिकृत स्तरको कर्मचारी नभएकाले वितग ३ बर्षदेखि बन्द भएको रामेछापको उमाकुण्ड गाउँपालिकामा पर्ने लाप्चाने इलाका प्रशासन कार्यालय बल्ल संचालनमाआएको छ ।

सरकारले अहिले यो कार्यालयमाअधिकृत स्तरको कर्मचारी पठाएपछि कार्य संचालन हुन थालेको हो । जिल्लाको सवैभन्दा दुर्गम मानिने यो क्षेत्रमा ५ बर्ष अगाडि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । तर अधिकृत स्तरका कर्मचारी नभएपछि बन्द भएको यो कार्यालय अहिले संचालनमा आएको रामेछापकी प्रमुख जिल्लाअधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

इलाका प्रशासन कार्यालयले मुद्धा, शान्ति-सुरक्षा, संघ संस्था, हातहतियार, बजार अनुगमनबाहेक अन्य कामसमेत सम्पादन गर्नेगर्छ । नागरिकता प्रमाण-पत्र, राहदानी शिफारिस र जनजाति प्रमाणितको काम स्थानीय स्तरमा नै गर्नका लागि सरकारले इलाका प्रशासन कार्यालयको व्यवस्था गरेको थियो ।

कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाकाको केहि भागका नागरिकले सोहि कार्यालयबाटै सेवा लिन थालेका छन । विसं २०७३ साउनमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्लाअधिकारी सहितको राजनैतिकदलका नेता, पत्रकार तथा नागरिकअगुवाहरु गएर यहाँ इलाका प्रशासन कार्यालय स्थापना गरेकाथिए ।

अधिकृतसहित ५ जनाकर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा एक जना पनि कर्मचारी नभएपछि कार्यालय बन्दभएको थियो । तीनबर्ष अगाडि ताला लगाएर मन्थली झरेका कर्मचारी अहिले गएर ढोका खोलेर सेवा दिन थालेको स्थानीय श्याम श्रेष्ठले बताउनु भयो ।

सेवा बन्द भएको तीन बर्षसम्म लाप्चानेबाट न कार्यालय हटाइएको थियो न त्यहाँ सेवा संचालनका लागि कर्मचारी नै खटाइएको थियो ।कार्यालय बन्द भएको लामो समयपछि सेवा पाएकोमा स्थानीयहरु खुशी भएका छन।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.