दुई सातादेखि हुम्लाका दुई गाउँपालिका संचार सम्पर्कबिहिन

हुम्ला- हुम्लाका दुई गाउँपालिकामा दुई सातादेखि संचार सम्पर्कविहिन भएका छन । यहाँ न त इन्टरनेट छ न त टेलिफाेन नै ।

हुम्लाका चखेली र सर्केगाड गाउँपालिकाका झण्डै १० हजार सेवाग्राही टेलिफोन र इन्टरनेट सेवा नहुँदा मर्कामा परेका छन ।

१५ दिनदेखि दुबै गाउँपालिका स्थानीयले बाहिर आफन्तसँग र महत्वपूर्ण कुरा समेत गर्न नपाउँदा समस्या भोग्नु परेको स्थानीयहरुको गुनासो छ । टेलिफोन मर्मत गर्न आएका नेपाल टेलिकमका कर्मचारीले पहिला काम गरेको टेलिफाेन पनि झनै बिगारेर फर्किएका सेवाग्राहीले गुनासाे गरेका छन ।

दिनभर टावर आउँदैन राति १२ बजे र राति ४ बजे एकचाेटी मात्रै टावर आउने गरेकाे सर्केगाड गाँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले जानकारी दिए ।

यसैगरी, चखेली गाउँपालिकामा पनि टेलिफोन र इन्टरनेट काम गर्न छाेडेपछि यहाँका स्थानीयलेे सास्ती खेप्नु परेकाे चखेली गाउँ पालिका ४ का स्थानीय जसबहादुर राेकायले दुखेसो पोखे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.