गत २४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित, उपत्यकामा १६२२ जनामा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा गत २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६२२ जना संक्रमित भएका छन् । काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३४८४२ रहेको छ । नेपालमा निको हुनेको दर ७७.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.