सौराहामा देखियो पर्यटकको चहलपहल

चितवन– कोरोना कहरका थला बनेको मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा चहलपहल सुरु भएको छ । विगत ७ महिनादेखि ठप्प रहेको सौराहामा दशै सकिएसगैँ चहलपहल छाएको हो ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेकोमा व्यवसायीहरु आशावादी देखिएका छन् । यस्तै सौराहासगैँ चितवनको पर्यटकीय क्षेत्र पटिहाजी, जगतपुर, मेघौली र गोलाघाट क्षेत्रमा समेत आन्तरीक पर्यटकहरु बढी रहेका छन् । दशैँको टीकाको दिन यता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यावसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी पनि सुरु भएको छ । सौराहाबाट काठमाडौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् । दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको व्यावसायीहरुको भनाइ छ । आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको व्यावसायीहरुले बताएका छन् ।

सौराहामा १ सय २० वटा बढी होटल र ७० वटा बढी रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.