सिद्दार्थ राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुलाई सास्ती
पाल्पा- सिदार्थ राजमार्ग अन्तरगतको पाल्पा बुटवल सडकखण्डमा वर्षाका कारण बिग्रिएका र एकतर्फी भएका सडक समयमा मर्मत नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन ।
यसवर्ष पानी धेरै परेको कारण राजमार्गको दर्जनभन्दा बढी स्थानमा ठूला पहिरो र सडक भासिएको भएपनि मर्मतका लागि उपकरण र बजेट अभावले समयमा मर्मतको काम नभएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
हिउँदमा धुलो र बर्षामा हिलोका कारण बाह्रै महिना सास्तीपूर्ण यात्रा गर्नुपर्ने सिदार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड चार स्थानमा भासिएर एकतर्फी भएको छ । जस्ले गर्दा धुलो धुवासँगै घण्टौसम्म जाममा फस्नुपर्ने यात्रुहरुको गुनासो छ ।
पहिरोले सबैभन्दा बढी बिगारेको झुम्सादेखि चिडियाखोलासम्मको सडक मर्मतका लागि २ वटा ठेक्कामार्फत ढलान र कालोपत्रेको काम चाँहि सुरु भएको इन्जिनियर शिवु खत्री बताउनुहुन्छ ।
चालु आर्थिक वर्षमा मर्मत सम्पन्न गर्नेगरी नेपाल सरकारबाट ८ करोड ४० लाख बराबरको वजेट विनियोजन भएको छ ।
यो राजमार्गमा पछिल्लो केहि वर्षयता विभिन्न खानीबाट दैनिक ६ सयभन्दा बढी टिप्परहरु संचालन हुँदै आएका छन । जस्ले गर्दा अन्य सवारी र यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्