सामान्य रूघाखोकी र ज्वरो आउँदैमा कोरोना नहुने चिकित्सकको भनाइ

काठमाडौं- आजभोलि रुघा, खोकी लागेर ज्वारो आउनासाथ अधिकांशले कोभिड- १९ भएको आशंका गर्छन ।

जाडो मौसम सुरु हुने बेलामा यस्ता लक्षण देखिनु सामान्य कुरा भएको र कोभिडको संक्रमण नै भएको भन्न नमिल्ने चिकित्सकहरुको भनाइ छ ।

जाडो मौसम सुरु भएसँगै धेरैमा मौसमी रुघा खोकी लाग्ने क्रम बढ्ने गर्दछ । यस बर्षपनि मौसमी रुघा खोकी तथा ज्वरोका बिरामीहरुको संख्या बढ्न थालेको छ । तर अस्पतालमा आउने बिरामीको संख्या भने कम भएको चिकित्सकहरु बताउछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ र मौसमी रुघा खोकीका कतिपय लक्षणहरु मिल्दा जुल्दा छन् ।

तर मौसमी रुघा खोकी र कोभिड- १९ विल्कुल फरक खालका रोग हुन । मौसमी रुघाखोकीमा हाच्छिउँ आउने, घाँटी दुख्नुका साथै ज्वरो आउने र निश्चित समयपछि निको हुदै जान्छ । तर कोभिड १९को संक्रमण भएका बिरामीमा भने स्वाद, गन्ध हराउने, जीउ दुख्नुको साथै स्वास फेर्न गाह्रो हुने र उच्च ज्वरो आउने लक्षण देखिन्छ । अब जाडो मौसम सुरु भएकोले मौसमी रुघाखोकी तथा ज्वरो आउन नदिन चिसोबाट बच्नुपर्ने  कन्सल्टेन्ट फिजिसियन डा बिमल चालिसे बताउनुहुन्छ ।

कतिपय चिकित्सकले जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुलाई जाडो मौसम सुरु भएसँगै निमोनिया बिरुद्धको खोप अर्थात इन्फ्युएन्जा भ्याक्सिन लगाउन समेत सुझाब दिने गरेका छन् । दीर्घ रोगीमा निमोनिया हुने दर बढी भएकोले त्यसबाट बच्न सजगता अपनाउनुपर्ने पनि डाक्टर चालिसेको भनाइ छ ।

हाल अधिकांश स्वास्थ्य संस्थामा निमोनिया बिरुद्धको खोप उपलब्ध छ । कतिपय बिकसित देशहरुमा चिसो सुरु हुनु अगाडि हरेक बर्ष यस किसिमको भ्याक्सिन दिने गरिन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.