पूर्वसभामुख महरालाई पत्नी शोक
महरा पत्नी सीता महराको ५९ वर्षमा कोरोना संक्रमणबाट बुधबार बिहान ६:१५ मा निधन
काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ ।
महरा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६:१५ मा निधन भएको हो । उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।
दसैंमा गृहजिल्ला रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उहाँका दुई छोरा र दुई छोरी रहेका छन्। कृष्णबहादुर महरासँग सीताको २०३५ सालमा विवाह भएको थियो।
प्रतिक्रिया राख्नुहोस्