अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना रोकियो

धाँधली भएको भन्दै मतगणना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश

न्यूयोर्क– अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिनुभएपछि मतगणना रोकिएको हो। यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ। सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन्। मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो अवस्थामा बाइडनको पक्षमा २२० र राष्ट्रपति ट्रम्मको पक्षमा २१३ निर्वाचक मत प्राप्त भइसकेको छ। कुल ५ सय ३८ निर्वाचक मत मध्ये निर्वाचन जित्न २ सय ७० मत ल्याउनु पर्ने प्रावधान छ। अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटमा सत्तारूढ रिपब्लिकन दलको ४७ स्थान र विपक्षी डेमोक्रयाटिक दलको ४६ स्थान भएको छ। बाँकी ७ स्थानको नजिजा आउन बाँकी छ। यसैगरी तल्लो सदन प्रतिनिधि सभाका ४३५ स्थानमध्ये डेमोक्रयाटिक दलले १७५ र रिपब्लिकन दलले १५८ स्थान जितेका छन्। बाँकी स्थानको नतिजा आउन बाँकी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.