ढिलै भएपनि शुरु भयो हुम्लाको विमानस्थल स्तरोन्नतीको काम

हुम्ला- सिमकोट विमानस्थलमा असोज महिनाबाट कालेपत्रे गर्ने काम सुरु भएको छ ।

०७५ साल फागुन ३० गते सम्झौता भएर ०७७ भदौ अन्तिममा सक्नुपर्ने कालोपत्रेको काम ढिला गरी सुरु भएको हो ।
यही असोज १५ गतेबाट सिमकोट विमानस्थल कालो पत्रे गर्न सुरु भएको आयोजनाले जनाएको छ ।

कोडिभ–१९ र मौसमका कारण विमानस्थल कालोपत्रे गर्ने काम ढिलाइ हुन गएको आयोजनाका सह- साइट इन्चार्ज इन्जिनिएर अजय गुप्ताले बताउनुभयो ।

सिमकोट विमानस्थलमा ६ सय ५० मिटर लम्वाई र २० मिटर चौडाईको धावन मार्ग, कालोपत्रे भएपछि एप्रोन तथा पार्किङ्गको भाग र हेलिप्याड निर्माण हुने भएको इन्जिनियर गुप्ताले जानकारी दिनुभयो ।

विमानस्थल कालोपत्रे गर्न करिब १० करोड रुपयाँमा ठेक्का सम्झौता भएको थियो ।

हुम्ला जिल्लास्थित रहेको सिमकोट विमानस्थल कालोपत्रे गर्ने अन्दाजी १०० ट्रन अलकत्रा र १ हजार धनमिटर गिट्टी, ढुङ्गगा लाग्ने  आयोजनाले जनाएको छ ।

असोज १५ गतेबाट सुरु भएको कालोपत्रे २ इन्च लियरमा विमानस्थल कालोपत्रे हुने भएको उनको भनाई छ ।

विमानस्थल कालोपत्रे र हेलिप्याड निर्माण गर्ने जिम्मा एपेक्स,ग्यालवा द क्याराभान जेवी काठमाडौंले पाएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.