फूल सुक्दै गएपछि किसानलाई चिन्ता

धादिङ- तिहारका लाग सयपत्री र मखमली फूलको ब्यवसायीक खेती गर्दै आएका धादिङका किसानहरुले यस वर्ष  फूल विक्रिबाट  सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन ।

गतबर्षभन्दा तिहार पछि परेकोले फूलहरु सबै फुलेर ओइलाउन थालेका छन । फूल फुल्न सुरु गरेको पन्ध्र दिन भइसकेको छ ।

बारीमा फूल ढकमक्क फुली विक्रय योग्य भइसक्यो अब ति फुलेका फूलहरु एक हप्तासम्म जोगाएर  राख्न नसक्ने किसानहरु बताउँछन ।

गतबर्ष  फूल विक्रिबाट राम्रो आम्दानी लिएका किसानहरु यस वर्ष अब बोटमा फूल सुक्न थालेकोले चिन्तित छन ।

तिहार सुरु हुन अझै दश दिन बाँकी छ ।

आम्दानी धेरै गर्ने आशामा गतबर्षभन्दा धेरै जमिनमा फूल खेती गरेका किसानहरु तिहार पछि धकेलिएपछि थप समस्यामा परेका हुन् । जिल्लामा हरेक वर्ष फूल खेती गर्ने किसानहरुको संख्या घट्दै जान थालेको छ ।

तर तिहारमा सयपत्री फूलको माग भने बढ्ने गरेकोले गर्दा यस वर्ष थोरै किसानहरुले फुलको ब्यवसायीक खेती गरेका कारण फूलको मुल्य पनि बढ्ने आशामा किसानहरु  थिए  ।

फूल विक्रि गर्न नपाउँदै ओइलाउन थालेपछि किसानहरु खेती गर्दाको लागत मुल्य पनि उठाउन नसक्ने हो कि भन्ने चिन्तामा परेका छन् ।

एउटै किसानले तिहारका लागि भन्दै  दश रोपनीसम्म जमिनमा फूल खेती गरेका छन् ।

धादिङमा नीलकण्ठ गाउँपालिकाको पत्ले , धुनीवेँशीको नौविसे, जिवनपुर, छत्रे देउराली, गल्छीको कल्लेरी, गजुरीको किरानचोक र पिंडालगाएतका स्थानहरुमा किसानहरुले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.