बरिष्ठ पत्रकार बर्माको निधन
![](https://nepaltvonline.com/wp-content/uploads/2020/11/Dhading_Barma-Mrityu.png)
काठमाडौं- बरिष्ठ पत्रकार सीतारामप्रसाद बर्माको आज निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माको उपचारको क्रममा ७९ बर्षको उमेरमा निधन भएको हो ।
किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँले कोरोनाबाट भने विजय प्राप्त गर्नुभएको जनाइएको छ । पत्रकार बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।
हाल उहाँ राष्ट्रिय समाचार समिति(रासस) का धादिङ जिल्ला समाचारदाता हुनुहुन्थ्यो ।
गोरखा पुर्ख्यौली थलो भई धादिङलाई कर्मथलो बनाउनुभएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।।
प्रतिक्रिया राख्नुहोस्