माउ र बच्चा गैंडा दुबै मृत फेला
चितवन- चितवनराष्ट्रिय निकुञ्जमा माउ गैंडा र बच्चा मृत फेला परेका छन । निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेको निकुञ्जले जनाएको छ ।
बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ । गत भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै रहेको बरालले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो ।
यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भइसकेको छ ।
गैंडाको खाग विकसित नभएकोले तस्करले भदौमा नै माउको खाग लगेको र माउ र बच्चा साथै रहेकोले गोलीबाट माउ र बच्चाको मृत्यु भएको हुनसक्ने बरालको भनाइ छ ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन भने नेपालमा कुल ६४५ गैंडा रहेको तथ्यांक छ ।।






प्रतिक्रिया राख्नुहोस्