प्रदेश नम्बर १ मा कार्तिक २३ बाट सार्वजनिक यातायात नचल्ने
सुनसरी-प्रदेश नम्बर १ मा आगामी कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएको छ ।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभर तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो ।
लामो समयको बन्दाबन्दीमा सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने बेवास्ता गरेको आरोप यातायात व्यवसायीहरुदे लगाएका छन् ।
इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण यातायात नचलेपछि बैंकको व्याज र कर्मचारीलाई तलव समेत खुवाउन समस्या परेको बताउनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्