एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण
काठमाडौं– कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण भए नभएको १५ मिनेटमै थाहा पाउन सकिने हुँदा यो निकै प्रभावकारी हुने विश्वास राज्ययमन्त्री राउतले व्यक्त गर्नुभयो ।
जापानमा बसोबास गर्दै आउनु भएका नेपाली अभियन्ता कपिलदेव थापाको पहलमा जापानको फुजिरेबियो इन्क नामक कम्पनीले ती किटहरू उपलब्ध गराएको हो ।
प्रतिक्रिया राख्नुहोस्